स्पेनिस ला लिगामा एथ्लेटिक बिल्बाओ विजयी

स्पेनिस ला लिगामा एथ्लेटिक बिल्बाओ विजयी

केन्द्रबिन्दु
0
Shares

स्पेनिस ला लिगा फुटबलमा एथ्लेटिक बिल्बाओले शानदार जित निकालेको छ । गएराति सम्पन्न खेलमा बिल्बाओले गेटाफेलाई ५-१ को फराकिलो अन्तरले पराजित गरेको हो ।

खेलको पहिलो मिनेटमै मार्क कुकुरेल्लाले गोल गर्दै गेटाफेलाई अग्रता दिलाएका थिए । खेलको १२औँ मिनेटमा राहुल गार्सियाले गोल गर्दै बिल्बाओलाई खेलमा फर्काए । ५०औँ मिनेटमा यारे अल्भारेजले गोल गर्दै बिल्बाओलाई २-१ को अग्रता दिलाए ।

गार्सियाले ६१औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा बिल्बाओ ३-१ ले अघि रह्यो । ७५औँ मिनेटमा एलेक्स बेरेनगुएरले गोल गर्दै घरेलु टोलीलाई ४-१ को अग्रता दिलाए ।

८२ औँ मिनेटमा ओस्कर डि मार्कोसले गोल गर्दा बिल्बाओ ५-१ ले विजयी भयो । जितसँगै २४ अंकसहित बिल्बाओ लिगको नवौं स्थानमा उक्लिएको छ ।

Logo