पूर्वेली भाकाको मौलिकता बोकेको ‘राम साइँली’ बोलको गायक अमृत खातीले बजारमा ल्याएका छन्।
पछिल्लो समय पूर्वेली मारूनी गीत विस्तारै हराउँदै गएको छ। गायक खातीको स्वरमा रहेको पूर्वेली गीत राम साइँली सुन्ने वित्तिकै पुनः अरुण उपत्यकाको झझल्को मेटाउँछ ।
त्यस्तै यो गीतले पूर्वको पहाडी भेगमा गाइने लोकगीतको प्यास समेत मेटाउने प्रयास गरिएको गायक खातीले बताए ।
होमराज श्रेष्ठको शब्द तथा संगीत रहेको गीतमा कमल सौरागले संगीत संयोजन गरेका छन् भने सागर पुनको रेकर्डिङमा कुमार सानुले मिक्सिङ गरेका छन् ।
सञ्जीव ठकुरीको निर्देशनमा बनेको भिडियोमा सञ्जीव स्वयमले अभिनय गरेका छन् भने उनलाई संगीता श्रेष्ठले अभिनयमा साथ दिएकी छिन् ।
त्यस्तै, हास्य कलाकारका रुपमा भीम केसी र सागर रोकालाई पनि भिडियोमा देख्न सकिन्छ ।
गीतको छायांकन प्रकाश खड्काले गरेका हुन् भने सम्पादन राजकुमार मगरले गरेका छन् ।
खातीले साँइली शब्द प्रयोग गरिएको ‘मिर्मिरे साँइली’ बोलको गीतको सफलतापछि ‘राम साँइली’ बोलको गीत बजारमा ल्याएका हुन् ।































प्रतिक्रिया