विराटनगर उडेको जहाज २ घण्टा आकाशमै, पुनः त्रिभुवन विमानस्थलमै अवतरण

विराटनगर उडेको जहाज २ घण्टा आकाशमै, पुनः त्रिभुवन विमानस्थलमै अवतरण

केन्द्रबिन्दु
0
Shares

काठमाडौंबाट विराटनगर उडेको बुद्ध एयरको जहाज आकाशमा दुई घण्टासम्म फन्को मारिरह्यो । अन्ततः पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो ।

सोमबार बिहान विहान उक्त जहाज प्राविधिक समस्याको कारण अवतरण गर्न नसकेपछि पुनः काठमाडौंमै अवतरण गरेको हो ।

क्याप्टेन आङगेलु शेर्पाले उडाएको सो जहाजमा चालक दलका ४ सदस्यसहित ७७ जना यात्रु थिए । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीका अनुसार उक्त जहाज ल्याण्ड भएर पार्किङस्थलमा गइसकेको छ ।

अवतरणको तयारी गर्ने क्रममा दायाँतर्फको पाङ्ग्रा सबै उपाय अपनाउँदा पनि नखुलेपछि विराटनगरको तुलनामा काठमाडौंमा अवतरण गर्न उपयुक्त हुने ठानेर सो जहाजलाई काठमाडौं फर्काइएको थियो । काठमाडौंमा अवतरण गर्न भने कुनै समस्या भएन ।

अवतरण गर्नुअघि त्रिभुवन विमानस्थलमा आधा दर्जन बढी दमकल, एम्बुलेन्स र उद्धारकर्मीहरुलाई तयारी अवस्थामा राखिएका थिए । 

चालक दलले जहाजको इन्धन कम गराउन आकाशमा धेरैबेर फन्को लगाएको थियो ।
 

Skip This
Skip This
Logo