मानव बेचबिखनका आरोपी एक महिला २५ वर्षपछि पक्राउ

मानव बेचबिखनका आरोपी एक महिला २५ वर्षपछि पक्राउ

केन्द्रबिन्दु
0
Shares

आकर्षक काममा लगाइदिने प्रलोभन देखाएर मानव बेचबिखनमा संलग्न रहेको अभियोग लागेकी एक महिलालाई २५ वर्षपछि प्रहरीले पक्राउ गर्न सफल भएको छ। 

पक्राउ पर्नेमा काठमाडौँ पेप्सीकोला बस्ने ४८ वर्षीय लक्ष्मी परियार रहेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ। विसं २०५३ को असार ४ मा परियारले काठमाडौँबाट ती महिलालाई प्रलोभनमा पारी एक पुरुषको जिम्मा लगाएर भारत पुर्याई बेचबिखन गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ। उनीहरुले महिलालाई मुग्लिनसम्म ट्रकमा राखेर लगेको र त्यसपछि बसमा चढाएर काँकडभिट्टा हुँदै भारत पुर्याएका थिए। 

उनीहरुले नेपाली मुलका मान्छेले सञ्चालन गरेको कोठीमा ३० हजार भारतीय रुपैयाँमा बिक्री गरेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए। निज महिलाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार थप अनुसन्धान भइरहेको ब्यूरोले एक विज्ञप्ति जारी गरी जनाएको छ।

Skip This
Skip This
Logo