उपत्यकामा सवारी चेकजाँचमा कडाई, एकै दिन ८ सय सवारी कारबाहीमा

उपत्यकामा सवारी चेकजाँचमा कडाई, एकै दिन ८ सय सवारी कारबाहीमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

ट्राफिक प्रहरीले जोर बिजोर प्रणालीलाई थप प्रभावकारी बनाउन चेकजाँचमा कडाई गरेको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले भदौ २५ बाट लागू हुने गरी उपत्यका भित्र जोर बिजोर प्रणाली अनुसार सवारी सञ्चालन गर्ने निर्णय गरे अनुसार चेकजाँचमा कडाई गरिएको हो । काठमाडौं, ललितपुर र भक्तपुरभित्र चल्ने सवारी साधनलाई प्रहरी कडाईका साथ चेकजाँच गरिरहेको छ ।

सवारी जाम बढ्न थालेपछि जोर बिजोर प्रणालीलाई प्रभावकारी बनाउन चेकजाँचमा कडाई गरिएको ट्राफिक प्रहरीले जनाएको छ । नियमा अनुसार जोर बिजोर प्रणालीमा सञ्चालन नहुने सवारीलाई होल्डमा राख्ने गरिएको छ । दिउसो सवा १२ बजेसम्मको तथ्याङ्क अनुसार ट्राफिक कारवाहीमा ८ सय भन्दा बढी सवारी परेका छन् ।

करिब ७ सय मोटरसाइकल र स्कुटर रहेका छन् । होल्ड गरिएको सवारीलाई साँझ ८ बजे मात्रै छोड्ने बताइएको छ । संक्रमणको जोखिम बढ्दै गएकाले जोर बिजोर प्रणाली पूर्णरुपमा पालना गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । पछिल्लो समय उपत्यकामा संक्रमितको संख्या बढ्दै गए पनि निषेधाज्ञा खुकुलो भएपछि भिडभाड बढिरहेको छ ।

Skip This
Skip This
Logo