लगन बहालको मल्लकालिन इतिहास मेट्ने चलखेलपछि स्थानीयको भर्त्सना

लगन बहालको मल्लकालिन इतिहास मेट्ने चलखेलपछि स्थानीयको भर्त्सना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

करीब ४ सय वर्ष पुरानो इतिहास बोकेको लगं बहाः (लगन बहाल)को पुरातात्विक महत्वलाई अस्तित्वविहीन बनाउने प्रयासको आरम्भ भएको भन्दै स्थानीयले असन्तुष्टी व्यक्त गरेका छन् ।

राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानको नाममा प्रताप मल्लकालिन इतिहासलाई नै अस्तित्वविहीन बनाउने गरी मुद्धामामिलाको थालनी भएकोे भन्दै लगनटोलबासीले ऐतिहासिक सम्पदा संरक्षणका लागि एकताबद्ध भई त्यस्ता चलखेललाई निष्क्रिय बनाइदिने चेतावनी दिएका छन् । शिलखाना नमास्न माग गर्दै त्यो भन्दा धेरै पुरानो इतिहास बोकेको लगन बहाललाई ओझेलमा पार्ने काम भएपछि स्थानीय थप आक्रोशित भएका हुन् । अधिवक्ता प्रकाशमणि शर्मा, सञ्जय अधिकारी र राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानका कोषाध्यक्ष सुशीलविक्रम थापाले शिलखाना नमास्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका छन् ।

‘प्राचिनकालमा दक्षिण कोलिग्राम सभ्यताले परिचित काठमाडौँको तल्लो भेगको क्षेत्र (कोने)मा अवस्थित लगं बहाः ऐतिहासिक तथा पुरातात्विक महत्वको बिहार हो,’ स्थानीय शैलेश शाक्यले भने, ‘ती विहारमध्ये निर्माण गर्ने भनिएको लगं पार्क क्षेत्रमा प्रताप मल्लको पालामा नै बौद्ध विहार अस्तित्वमा रहेको इतिहास छ । उक्त क्षेत्रमा प्रताप मल्लका छोराहरु नृपेन्द्र मल्ल र चक्रबदेन्द्र मल्लका पालाका शिलालेखहरु तथा चैत्यहरु अहिलेसम्म पनि यत्रतत्र छरिएर रहेका छन् ।’ उनका अनुसार प्रताप मल्लको पालादेखि नै अस्तित्वमा रहेको उक्त ठाउँको विहार किर्तिपुण्य महाविहार लगं बहाको कचा बहा (शाखा विहार)को रुपमा अवस्थित थियो ।

तर, अहिले भीमसेन थापाको भाइको इतिहाससँग जोडेर प्रताप मल्लकालिन ऐतिहासिक महत्वलाई ओझेल पार्ने काम भैरहेको स्थानीयहरुको गुनासो छ । ‘भीमसेन थापाका भाई रणवीरसिंह थापा (स्वामी अभयानन्द) को घरको मात्रै इतिहास उल्लेख गरी त्यहाँ रहेको तबेलाको समेत कुरा उल्लेख नगरी मल्लकालिन इतिहासलाई तोडमोड गर्ने काम भैरहेको छ,’ उनले भने, ‘नृपेन्द्रमल्लका पालाको चैत्य तथा अन्य विहार र वास्तुकला अनुसारका कलाकृति अहिले पनि त्यहाँ पाइन्छ । त्यसले पनि यो मल्लकालिन सम्पदा हो भन्ने प्रमाण हुन्छ ।’

अन्तिम मल्ल राजा जयप्रकाश मल्लले दोस्री महारानी लगं बहालको शाक्य कुलकी पुत्री रहेको र उनको छोरालाई दरबारमा राजकुमार बनाउने चाहना पूरा नभएपछि मावली टोलमै भएको बिहार लगं बहालमा बौद्ध परम्परा अनुसार चुडाकर्म (बरे छुयेगु) गरी विहार संघको सदस्य बनाएको इतिहास छ ।

Skip This
Skip This
Logo