कपनबाट हराएका ४ वर्षीय बालक भारतमा भेटिए

कपनबाट हराएका ४ वर्षीय बालक भारतमा भेटिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको कपनबाट सम्पर्कविहीन भएका चार वर्षीय बालक पियुष शर्मा भारतमा भेटिएका छन् ।

काठमाडौं प्रहरी परिसर, टेकुले भारतीय प्रहरीसँगको समन्वयमा खोजी गर्दा बिहारमा बालक सकुशल भेटिएका हुन् ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एआईजी हरिबहादुर पालले भारतमा बालक भेटिएको पुष्टि गरेका छन् ।

सोमबार अपरान्ह ४ बजे बालकको घर नजिकै बस्ने शंकर दासले उनलाई लिएर हिँडेको देखिएको थियो ।

परिवारले दिनभर खोज्दा नभेटिएपछि मंगलबार शर्माको बुबाले प्रहरीमा खबर गरेका थिए । दासलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थाल्ने प्रहरीले जनाएको छ ।

हालसम्म उनले बालकलाई किन भारत लगे भन्ने खुलेको छैन ।

Skip This
Skip This
Logo