जितिया पर्वले सन्तानबीचको प्रेम र वात्सल्यलाई प्रगाढ बनाउने प्रधानमन्त्रीकाे विश्वास

जितिया पर्वले सन्तानबीचको प्रेम र वात्सल्यलाई प्रगाढ बनाउने प्रधानमन्त्रीकाे विश्वास

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक र सांस्कृतिक महत्वका साथ जितिया पर्व मनाउने स्वदेश र विदेशमा रहेका समस्त नेपाली दिदीबहिनीमा सुस्वास्थ्य र दीर्घायुको हार्दिक शुभकामना व्यक्त गरेका छन्। जितिया पर्वका अवसरमा आज एक सन्देश दिँदै उनले तराई क्षेत्रमा मनाइने यस पर्व नेपालको एक विशिष्ठ पहिचान जनाउने पर्वको रुपमा स्थापित रहेको उल्लेख गरेका छन्। 

सन्देशमा भनिएको छ, ‘‘हाम्रा संस्कृति र संस्कारहरुका आ–आफ्नो विशिष्ठ पहिचानका विशेषताहरु छन्। त्यही सद्भाव र एकतालाई प्रवर्द्धन गर्ने पर्वमध्येको जितिया पर्व पनि एक हो। यस पर्वले समस्त आमा र सन्तानबीचको माया, प्रेम, समर्पण र वात्सल्यलाई प्रगाढ बनाउनेमा म विश्वस्त छु।’’ 

प्रधानमन्त्री देउवाले संस्कार, संस्कृति, रीतिरिवाज एवं मूल्यमान्यताले जितिया पर्वलगायतका पर्वको विशिष्ठ महत्वलाई आत्मसाथ गर्दै नेपाल सरकार यस्ता पर्वको संरक्षण र सम्बर्द्धनमा प्रतिवद्ध रहेको बताएका छन्। उनले जितिया पर्व मनाउने सबैलाई एकतावद्ध भई हर्सोल्लासपूर्वक मनाउन आग्रहसमेत गरेका छन्। 

Skip This
Skip This
Logo