कोपा अमेरिका विजेता अर्जेन्टिना र युरोकप विजेता इटालीबीच प्रतिस्पर्धा हुने भएको छ । कोपा विजेता अर्जेन्टिना र युरो विजेता इटालीबीच २०२२ को जुनमा प्रतिस्पर्धा हुने भएको छ ।
दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय (कन्मेबोल) र युरोपियन फुटबलको सर्वोच्च निकाय (यूईएफए) ले दुई टिमबीचको प्रतिस्पर्धा जुनमा आयोजना हुने जनाएको छ ।
अर्जेन्टिनाका महान खेलाडी डिएगो म्यारोडोनाको सम्झनामा खेल हुने बताईएको छ । तर, प्रतिस्पर्धाको मिति र नाम भने सार्वजनिक गरिएको छैन ।
ब्राजिलमा भएको कोपा अमेरिकामा अर्जेन्टिनाले घरेलु टोलीलाई हराएर उपाधि जितेको थियो । लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले ब्राजिललाई १–० ले हराएको थियो ।
यस्तै इटालीले इंग्ल्यान्डलाई हराएर युरो २०२० को उपाधि जितेको थियो । वेम्बलीमा भएको फाइनलमा इटालीले इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ ले हराएको थियो ।































प्रतिक्रिया