कांग्रेसको १४औँ महाधिवेशनः बाँकेमा अझैसम्म अधिवेशनको मिति नै तोकिएन

कांग्रेसको १४औँ महाधिवेशनः बाँकेमा अझैसम्म अधिवेशनको मिति नै तोकिएन

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत विभिन्न जिल्लामा वडा, पालिका तहसम्मका अधिवेशन भइरहँदा बाँके जिल्लामा भने यसको खासै चहलपहल देखिएको छैन।

केन्द्रीय निर्वाचन समितिले क्रियाशील सदस्यको नामावली असोज ९ गते सार्वजनिक गरेको थियो। अब अधिवेशन कहिले हुन्छ भन्ने जिज्ञासा बाँकेका आम कार्यकर्तामा रहेको छ। 

लुम्बिनी प्रदेशमा अब बाँकेमा मात्रै अधिवेशन हुन बाँकी रहेको छ। लामो रस्साकस्सीपछि क्रियाशील सदस्यता विवाद टुङि्गएको बाँकेमा अधिवेशन अब छिट्टै हुने कार्यकर्ताले आँकलन गरेका छन् । मिति कहिले तोक्ने भनेर सम्बन्धित तहमा छलफल भइरहेको बाँके कांग्रेस सचिव तप्त पौडेलको भनाइ छ। 

बाँकेमा हाल नौ हजार ६७८ क्रियाशील सदस्य रहेका छन्। जिल्लामा पहिलो चरणमा ८१ वडामा वडा अधिवेशन हुनेछ। दोस्रो चरणमा आठ वटा पालिकामा र त्यसपछि क्रमशः प्रदेश क्षेत्रीय अधिवेशन, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशन सम्पन्न हुनेछ।

अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन हुने अवस्था भए पनि पालिकादेखि भने समूहगत प्रतिस्पर्धा हुने अवस्था देखिएको छ। 

भेरोसेलको खोप लगाइँदै

बाँकेमा तीन दिनसम्म भेरोसेलको पहिलो मात्रा खोप दिइने भएको छ। जिल्लाका ८१ वटै वडामा रहेका स्वास्थ्य संस्थाबाट भेरोसेल खोपको पहिलो मात्रा दिइने स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माले जानकारी दिए। 

उनका अनुसार ४५ वर्षमाथिका खोप लगाउन बाँकी सबै र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई सो खोप लगाइने छ। यस्तै यसअघि उक्त खोपको पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन छुटेका नागरिकले पनि खोप लगाउन पाउने शर्माले जानकारी दिए।

Skip This
Skip This
Logo