प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गर्ने

प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गर्ने

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान १० बजे बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन ।

संसद् सञ्चालनमा देखिएको अवरोध हटाएर बैठक सञ्चालन गर्नेलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज बिहान १० बजे बालुवाटारमा प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा ओली नजाने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । ‘अध्यक्षज्यू बैठकमा जानु हुन्न’, भट्टराईले भने । 

सर्वदलीय बैठकमा नेकपा एमालेसहित संसदमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई निमन्त्रणा गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

ओलीले यसअघि सभामुखले आयोजना गरेको सर्वदलीय बैठक पनि बहिस्कार गरेका थिए । 

Skip This
Skip This
Logo