एनभीए महिला भलिबलः पुलिसलाई हराउँदै एपीएफ समूह विजेता

एनभीए महिला भलिबलः पुलिसलाई हराउँदै एपीएफ समूह विजेता

केन्द्रबिन्दु
0
Shares

जारी छैटौं संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ विभागीय टिम एपीएफ क्लब समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बिहीबार अर्को विभागीय टिम नेपाल पुलिस क्लब लाई ३–१ को सेटमा पराजित गर्दै एपीएफ समूह विजेता बनेको हो ।

प्रतिस्पर्धात्मक खेलमा एपीएफले पुलिसमाथि २५–१४,२१–२५,२५–१८ र २५–१९ को सेटमा जित निकाल्यो । यस जितसँगै समूह ए को एपीएफले २ खेलमा ६ अंक जोडेको छ । र, समूह विजेता बनेको छ ।
पुलिस भने समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । पुलिसले २ खेलमा ३ अंक जोड्यो । महिलातर्फ नै दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र न्यू डायमन्ड स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी र न्यू डायमन्डबीचको खेलले समूह बी को विजेताको टुंगो लाग्ने छ ।

नेपाल भलिबल संघले आयोजना गरेको च्याम्पियनसिपमा पुरुषतर्फ १४ टोली र महिलातर्फ ६ टोलीको सहभागिता रहेको छ । च्याम्पियनसिपबाट पुरुषतर्फ ७ र महिलातर्फ ५ टोली चैतमा आयोजना हुने क्लब लिगमा स्थान बनाउने छन् ।

महिला पुरुष विजेताले ४ लाख प्राप्त गर्दा उपविजेताले २ लाख पाउने छन् । तेस्रोले १ लाख प्राप्त गर्नेछन्  । त्यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा विधागततर्फ उत्कृष्ट हुनेले १० हजार पाउने छन् ।

Skip This
Skip This
Logo