एमाले विधान महाधिवेशन: ‘ए वान’पार्टी प्यालेसको भोज

एमाले विधान महाधिवेशन: ‘ए वान’पार्टी प्यालेसको भोज

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको शुक्रवारदेखि सुरु भएको प्रथम विधान महाधिवेशन कुम्भमेला जस्तै थियो ।

एमालेले ६ हजार महाधिवेशन प्रतिनिधिहरूलाई बिहानको खाना व्यवस्था गरेको थियो ।

महाधिवेशनमा भाग लिन आएका सहभागी प्रतिनिधिहरूलाई खाना खाजाको व्यवस्थाको लागि टेन्डरमार्फत होटेल ए वान प्यालेसले पाएर खानाको व्यवस्थापन गरेको छ ।

टेन्डर प्रक्रियाको प्रतिस्पर्धाका आधारमा ए वानले एमालेका प्रतिनिधिलाई खाना खुवाउने जिम्मेवारी पाएर एवानले नै व्यवस्थापन गरिरहेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए।

शुक्रवारदेखि गोदावरीको सनराज सम्मेलन केन्द्र विधान महाधिवेशन चलिरहेको छ। महाधिवेशनमा भाग लिनको लागि देशभरबाट ६ हजार भन्दा बढी प्रतिनिधि आएका छन् ।

ए वानले तीन दिनसम्म एमाले विधान महाधिवेशनका सबै प्रतिनिधिलाई खाना खुवाउनु पर्नेछ।

ए वान पार्टी प्यालेस सञ्चालक राकेश श्रेष्ठका अनुसार शुक्रवार  बिहान ९ बजेदेखि ११ बजेसम्म २६ वटा काउन्टरबाट खाना व्यवस्थित रूपमा ख्वाइएको छ।

उनका अनुसार ६ हजार प्रतिनिधिलाई खानाको व्यवस्थापन गर्नको लागि २६ वटा काउन्टरमा  ३ सय जना कर्मचारी खटिएका छन् ।

उनले भने,‘ए वान पार्टी प्यालेसले तीन दिनसम्म व्यवस्थित रूपमा खानाको व्यवस्थापन गर्ने प्रयास छ।  पहिलो दिनको व्यवस्थापनको राम्रो प्रतिक्रिया पाएको छौँ ।’

स्वस्थ र सफा खाना खुवाउने चेन पार्टी प्यालेस तथा होटलका रूपमा स्थापित ए वानका काठमाडौं उपत्यकामा मात्र २० वटा शाखा रहेका छन् भने काठमाडौं उपत्यका बाहिर पनि शाखा सञ्चालन गर्ने तयारीमा रहेको छ।

६ हजार प्रतिनिधिलाई दिउँसो एक छाक खानामा ए वानले दालभात, तरकारी, खसी र कुखुराको मासुको व्यवस्था गरेको छ।

ए वान पार्टी प्यालेसका सञ्चालक रामेछापका युवा व्यवसायीहरूको टिम हो ।

Skip This
Skip This
Logo