ईपीएलमा आज दुई खेलहरु हुने

ईपीएलमा आज दुई खेलहरु हुने

केन्द्रबिन्दु
0
Shares

एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा आज दुई खेलहरु हुने भएका छन्। 

त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे हुने पहिलो खेलमा भैरहवा ग्लाडीयटर्स र काठमाडाैं किङ्ग्स–११  खेल्नेछन्।

शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा दोस्रो जीत निकाल्ने लक्ष्यका साथ मैदान उत्रनेछ। 

सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडाैं पनि दोस्रो जीतको खोजीमा रहेको छ। यस्तै दोस्रो खेलमा विराटनगर वारियर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ। 

विराटनगर र पोखराबीचको खेल दिउँसो १ः३० बजे सुरु हुनेछ।

Logo