व्यावसायिक रूपमा कुनै पनि काममा लागे सफलता पाउन सकिन्छ भन्ने उदाहरण कैलालीका एक महिलाले पुष्टि गरेकी छन् । कैलालीका किसान महिलाले यतिखेर तरकारी प्याजका बेर्ना बेचेर लाखौं बचत गरेकी हुन् । छोटो समयमा राम्रो आम्दानी हुने कृषि पेशाअन्तर्गत तरकारीको बेर्नामा भविष्य देखेपछि उनले प्याजकाे बेर्ना उत्पादन रोजेकी हुन् ।
कैलालीको टीकापुर–१ वनगाउँ ज्ञानीटोलमा कृष्णामती चौधरी हाे उनकाे नाम । उनले आरती बेर्ना नर्सरी उत्पादन फार्म दर्ता गरी यहाँ चार कठ्ठा क्षेत्रफलमा प्याजको बेर्ना उत्पादन गर्दै आएकी छन् । कृष्णामतीलाई आजभोलि प्याजको बेर्ना बेच्न भ्याइनभ्याइ छ ।
व्यावसायिकरूपमा बेर्ना उत्पादन गर्ने उनले अहिले दैनिक नर्सरीबाटै २५० प्रतिकिलोमा बेर्ना बेचिरहेकी छन् । वनगाउँ र घियागाउँका दुई स्थानमा गरी सात कठ्ठा क्षेत्रफलमा प्याजको बेर्ना उत्पादन गरिरहेकी बताइन् । अहिलेसम्म करिब ३० क्विन्टल प्याजको बेर्ना बेचिसकेकी बताइन् ।
कृष्णामतीले यो सिजनमा सात लाख ५० हजार रुपैयाँकाे बेर्ना बिक्री गरिन् । अन्य वर्षभन्दा यस वर्ष प्याजको बेर्नाको बिक्री राम्रो भइरहेको छ । यस वर्ष आम्दानी पनि राम्रै भइरहेको छ । उनले भनिन्-“बेर्ना बिक्री गर्ने सिजनमा महिनामा तीन लाखसम्म कमाउन सकिन्छ ।”































प्रतिक्रिया