एमालेद्वारा पार्टीको केन्द्रीय निर्वाचन आयोग गठन

एमालेद्वारा पार्टीको केन्द्रीय निर्वाचन आयोग गठन

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले पार्टीको केन्द्रीय निर्वाचन आयोग गठन गरेको छ। डा. विजय सुब्बाको नेतृत्वमा एमालेले महाधिवेशन सम्पन्न गर्न १५ सदस्य आयोग गठन गरेको हो।

एमाले अध्यक्ष केपी शर्मा ओलीले नाम बाचन गरेर त्यसलाई पूर्णता दिए। सो केन्द्रीय निर्वाचन कमिटीले एमालेको १० औं महाधिवेशन सम्पन्न गर्नेछ।

ओलीले आयोगको सदस्यमा महेश नेपाल, सानुराज पोखरेल, बाबुराम दाहाल, डा.कुन्साङ लामा, रिता सिंखडा, रञ्जु ठाकुर, भरत पोखरेल रहेको पढेर सुनाएका थिए। 

त्यसैगरी अन्य सदस्यहरूमा टंक उप्रेती, सुमित्रा वीसी, पवित्रा निरौला, केवालाल चौधरी, विमला विक, लोकबहादुर थापा र हिमकला गैरे रहेका छन्। 

हलले ओलीले प्रस्ताव गरेका नामहरू अनुमोदन गरेको छ।

Skip This
Skip This
Logo