४६ करोड ठगी अभियोगमा एमालेका पूर्वसांसद तामाङ पक्राउ

४६ करोड ठगी अभियोगमा एमालेका पूर्वसांसद तामाङ पक्राउ

केन्द्रबिन्दु
0
Shares

पूर्वसांसद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन् ।  केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले   तामाङलाई ठगी र रकम हिनामिनाको आरोपमा पक्राउ गरेको हो ।

बैंकिङ कसुरसम्बन्धी घटनामा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ । सीआईबीका अनुसार सहकारीमार्फत ४६ करोड ठगी गरेको भन्दै उनीविरुद्ध किटानी जाहेरी परेको छ । 

तामाङमाथि चिठ्ठा, घरकर्जालगायतका आकर्षक अफर देखाएर ठगी गरेको तथा सहकारीको पैसा व्यक्तिगत फर्ममा लगानी गरेको आरोप छ ।

Skip This
Skip This
Logo