माओवादीले मन्त्री छान्यो, अरूमा रडाको कायमै

माओवादीले मन्त्री छान्यो, अरूमा रडाको कायमै

केन्द्रबिन्दु
0
Shares

सत्ता गठबन्धनमा सहमतिपछि नेकपा (माओवादी केन्द्र) ले मन्त्रीको टुंगो लगाएको छ भने कांग्रेस र जसपामा मन्त्री बन्न हानथाप भएको छ। नेकपा (एकीकृत समाजवादी) ले भने मन्त्रालय भागबण्डामै असन्तुष्टि जनाएको छ।  

माओवादीले देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराज मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको छ। यसअघि जनार्दन शर्मा–अर्थ र पम्फा भुसाल–ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री छन्। शर्मा र भुसाल असार २९ मा नै मन्त्री भएका थिए। मन्त्री छनौट भएका गहतराजले दलहरूबीचको सहमतिअनुसार मन्त्रालय टुंग्याइने बताए। मन्त्री छनौटमा परेका चारै जना नयाँ अनुहार हुन्। 

मन्त्री बाँडफाँटमा सन्तुलन नमिलेको भन्दै एसले आफ्नो तर्फबाट मन्त्री बन्नेको नामसमेत चयन गरेको छैन। असन्तुष्टिका कारण मन्त्री छनौटको गृहकार्य पनि पार्टीले थालेको छैन। ‘मन्त्रालयको बाँडफाँटमा सन्तुलन मिलाउनु पर्छ भन्ने हाम्रो माग हो,’ एसका महासचिव बेदुराम भुसालले भने।

एसका अध्यक्ष माधव नेपालकै कारण सर्वोच्च अदालतको परमादेशबाट देउवा प्रधानमन्त्री भएका थिए। उनले अढाइ महिनासम्म मन्त्रिपरिषद्को विस्तार गर्न सकेका छैनन्। प्रधानमन्त्री भएपछि देउवा एक्लै अघि बढ्ने प्रयासमा छन्।

महासचिव भुसालले मन्त्री छनौटका सम्बन्धमा बुधबार कुनै बैठक नबसेको बताए। सत्ता गठनबन्धनबीच मन्त्रालयको संख्या र नाममा मंगलबार भागबण्डा गरियो। एसको भागमा सहरी, श्रम तथा रोजगार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र कानुन, मन्त्रालय परेको थियो।

एसले शक्तिशाली, विकासे र सेवा दिने मन्त्रालयको सन्तुलनकारी वितरण हुनुपर्ने माग गरेको छ। शक्तिशाली मानिने मन्त्रालय आफ्नो भागमा नपरेको भन्दै एसले असन्तुष्टि जनाएको हो। अन्नपूर्ण पोष्टबाट

Skip This
Skip This
Logo