नेपालमा महिलाकाे जनसंख्या अझ बढ्न सक्ने आँकलन गरिएकाे छ। २०६८ काे जनगणना अनुसार मुलुकमा महिलाकाे जनसंख्या ५१ प्रतिशत छ।
तर, जन्मदर पुरुषभन्दा महिलाकाे बढी रहेकाे र वैदेशिक राेजगारीमा जानेमा पनि पुरुषकाे जनसंख्या बढी रहेकाले राष्ट्रिय जनगणना २०७८ मा महिलाकाे जनसंख्या अझ बढ्न सक्न आँकलन केन्द्रीय तथ्यांक विभागले गरेकाे हाे।
जनकपुरधाममा आयाेजित 'जनगणनासम्बन्धी मिडिया सचेतना कार्यशाला गोष्ठी'मा केन्द्रीय तथ्यांक विभागका निर्देशक केशव गौतमले 'यस पटकको जनगणनामा पनि पुरुषभन्दा महिलाको जनसंख्या बढी हुनेसक्ने आँकलन'रहेकाे बताए।
रोजगारीसहित अन्य कारणले मुलुक बाहिर गएकाहरुकाे गणना पनि हुन्छ। मुलुक बाहिर गएकामध्ये केहीकाे तथ्यांक छुट्नसक्न जाेखिम पनि रहन्छ।
पुरुषभन्दा महिलाको आयु बढी रहेकाले पनि महिलाको जनसंख्या बढी हुने गरेकाे उनको भनाइ छ।
२०६८ को जनगणना अनुसार मुलुककाे जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय छ। तर याे जनसंख्या बढेर ३ कराेड ८ लाख पुगेकाे विभागकाे तथ्यांक छ। यसबारे यकीन तथ्यांक जनगणनाबाट आउनेछ।





























प्रतिक्रिया