जुम्लाको घोडदौड प्रतियोगिता: मनसुर बोहोराको घोडा प्रथम

जुम्लाको घोडदौड प्रतियोगिता: मनसुर बोहोराको घोडा प्रथम

केन्द्रबिन्दु
0
Shares

जुम्लामा आयोजना भएको घोडदौड प्रतियोगितामा गुठीचौरका  मनसुर बोहोराको घोडा प्रथम भएको छ भने गडीगाउँका हरि बस्नेतको घोडा द्धितिय भएको छ । गुठीचौर–२ कै लक्ष्मी बहोरोको घोडा  तितृय भएको छ । प्रतियोगिताको आयोजना कर्णाली स्पोर्टस् क्लब जुम्लाले गरेको हो । 

प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय हुनेलाई क्रमशः पाँच हजार, तीन हजार र दुई हजार नगद र मेडल दिइएको थियो। घोडदौड परापूर्व कालमा जुम्ली घोडाको महिमाको रूपमा रहिआएको स्थानीयको भनाइ छ । 

अहिले लोप हुने स्थितिमा पुगेपछि प्रतियोगितामार्फत जुम्लामा घोडाको महत्त्व प्रवर्द्धन गर्न लागेको क्लबका अध्यक्ष सरोज शाहीले बताए । उनले भने, ‘यसको इतिहास, ठ्याक्कै थाहा छैन । तर यसअघि जुम्ला एयरपोर्ट पिच हुनु भन्दा अगाडी एयरर्पोटमै घोडा दौड हुन्थ्यो ।’ एयरपोर्ट पिच भएपछि घोडा दौड हुन छोडेको अध्यक्ष शाहीको भनाइ छ । लामो समय बन्द भएको प्रतियोगिता पुनः सुरु भएको हो । चन्दनाथ नगरपालिका–८ का जयकृष्ण धरालाका अनुसार कुनै बेला जुम्ली घोडाको माग देशभर नै थियो । जुम्लामा गाडी नपुन्जेलसम्म समान ढुवानीको माध्यम घोडा मात्रै थियो ।  उनले भने, ‘परम्परागत यातायातका साधन घोडा नै थिए। तर अब जुम्ली घोडा लोप हुने स्थितिमा छ।’ केही वर्षदेखि यहाँ फूलपातीका दिन घोडा दौड प्रतियोगिता हुँदै आएको छ । यो वर्ष प्रतियोगितामा जिल्लाभरका बिस वटा घोडा सहभागी थिए । 

प्रतियोगिता तीन वटा विधामा विभाजन गरिएको थियो । घोडाको पालनपोषण,  कदम वा चाल र खुल्ला दौड प्रतियोगिता गरिएको हो । यस्तै घोडा पालनतर्फ पातावासीका एकराज थापा  प्रथम, चन्दननाथका कालीबहादुर बुढ्थापा द्धितिय र गुठीचौरका कालीबहादुर रावत तितृय भएका छन् । यस्तै चाल वा कदमतर्फ बिर्खबहादुर भण्डारी प्रथम, कालीबहादुर बुढा द्धितिय र  विकास ऐडी तितृय भएका छन् । न्युज कारखाना

Skip This
Skip This
Logo