बागलुङकाे धार्मिक गन्तव्य कालिका मन्दिरमा भक्तजनको घुइँचो

बागलुङकाे धार्मिक गन्तव्य कालिका मन्दिरमा भक्तजनको घुइँचो

केन्द्रबिन्दु
0
Shares

दसैँ नजिकिएसँगै गण्डकी प्रदेशकै उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिका मन्दिरमा भक्तजननको घुइँचो लागेको छ। बागलुङको कालिका मन्दिर परिसरको पार्किङस्थलमा सवारी राख्ने ठाउँ छैन भने पूजा सामग्री खरिद गर्ने पसलमा भीडभाड छ। 

कोरोनाका कारण चैतेदसैँपछि बल्ल खुलेको कालिका मन्दिरमा काठमाडौँ, चितवन, भैरहवा, पोखरालगायतका स्थानबाट कालिका मन्दिर दर्शका लागि आएका हुन्। कालिका मन्दिरमा दसैंको सप्तमीअर्थात् फूलपातीको दिनदेखि दर्शनार्थीको भीड लाग्न थालेको छ। 

लामो समयपछि खुलेको कालिका मन्दिरमा दर्शन गर्नेको सङ्ख्या अधिक रहेको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले बताए। कोरोना कहरको समयमा लामो समय बन्द हुँदा कालिका मन्दिरमा बलिसमेत चढ्न पाएको थिएन। अहिले बलि चढाउने, भाकल गर्ने तथा मन्दिर परिसरमा पूजापाठ लगाउनेको समेत चाप बढेको खड्काले बताए। मन्दिर क्षेत्रमा भीडभाड भएसँगै जिल्ला प्रहरी कार्यालयले सुरक्षा सतर्कतासमेत बढाएको छ। प्रत्येक वर्षको दसैँमा कालिका दर्शन गर्न आउने गरेको पोखरा निवासी निर्मल अधिकारीले बताए। 

बडादसैँ र चैतेदसैँमा कालिका मन्दिरमा बढी मात्रामा दर्शनार्थीको भीड लाग्ने गरेको छ। मन्दिरमा चैत्राष्टमी र दसैँमा विशेष पूजाआजा हुने भएकाले यही समयमा धेरै भक्तजनको भीड लाग्ने गरेको छ। दसैँको समयमा एक पटक कालिका मन्दिर दर्शन गर्नुपर्ने बागलुङवासीको सोच छ। लामो समयपछि खुलेको मन्दिरमा बोका, राँगो, कुखुरालगायतको बलि चढाइन्छ भने शान्तिको प्रतिक परेवा उडाउन सकिनेछ। परेवाको बलि दिन मन्दिरमा निषेध गरिएको छ।

Skip This
Skip This
Logo