गण्डकी प्रदेशमा १०४ नयाँ सङ्क्रमित थपिए

गण्डकी प्रदेशमा १०४ नयाँ सङ्क्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

कास्की ।

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १०४ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमित सङ्ख्या तीन हजार ७७७ जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी दिए।

प्रदेशमा हालसम्म ६८ हजार ८३ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । सङ्क्रमित मध्ये हालसम्म ३३ जनाको मृत्यु भएको छ भने दुई हजार ६८९ जना निको भएका छन् । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ५५ जना रहेको निर्देशनालयले जनाएको छ ।

Skip This
Skip This
Logo