राजदेवी मन्दिरमा ‘खोँइछ’ भर्ने महिलाको भीड

राजदेवी मन्दिरमा ‘खोँइछ’ भर्ने महिलाको भीड

केन्द्रबिन्दु
0
Shares

जनकपुरधामको शक्तिपीठहरुमा खोँइछ भर्नेको भीड लागेको छ।

राजा जनकको कुल देवीको रुपमा चिनिने राजदेवी मन्दिरसहित जनकपुरधामको विभिन्न स्थानमा खोँइछ भर्ने विवाहिता महिलाहरुको भीड लागेको हो। विवाहिता महिलाहरुले सप्तमी तिथिदेखि नै खोँइछ भरिरहेका छन्। खोँइछ भर्नका लागि हजारौँको संख्यामा महिलाहरु राजदेवी मन्दिरसहित रामानन्द चोक, मुरली चोक, पिडरीया माईस्थान लगायतका स्थानमा जम्मा भएका छन्।

त्यस्तै प्रसाद चढाउनको लागि गएराति ११ बजेदेखि नै ठूलो लाइन लागेको छ। राजदेवी मन्दिरमा प्रत्येक वर्ष खोँइछ भर्न महिलाहरुको भीड लाग्छ।

मिथिलामा छोरीको विदाई भन्दा पहिले खोँइछ दिने परम्परा छ। जनकपुरमा आज रातिदेखि बलि दिने भएको छ। त्यसको लागि नेपालसहित भारतको सीमावर्ती क्षेत्रबाट श्रद्धालु भक्तजनहरु बोकाबलीको लागि जाने गरेका छन्। प्रत्येक वर्ष राजदेवी मन्दिरमा मात्र हजारौँको संख्यामा बलिप्रदान हुने गरेको छ।

Skip This
Skip This
Logo