बैतडीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

महाकाली राजमार्गमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

जिल्लाको डिलासैनीबाट सतबाँझतर्फ गइरहेको अन टेस्ट लेखिएको ट्याक्टर दोगडाकेदार गाउँपालिका–३ तारलमा बुधबार बिहान करिब १ बजेतिर दुर्घटना हुँदा सो ट्याक्टरका चालक डिलासैनी गाउँपालिका–३ का २३ वर्षीय योगेश पालको मृत्यु भएको ट्राफिक प्रहरी पोष्ट सतबाँझका प्रहरी जवान मोहन विष्टले जानकारी दिए।

मृतक पाल नेकपा एमाले बैतडीका जिल्ला अध्यक्ष सुरेन्द्र पालका छोरा रहेको बुझिएको छ। योगेशको उपचारका क्रममा जिल्ला अस्पताल बैतडी लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। सोही ट्याक्टरमा सवार डिलासैनी–३ कै राकेश कोलीले हामफालेर ज्यान जोगाएका छन्। उनी सामान्य घाइते छन्। दुर्घटनाग्रस्त ट्याक्टर सडकबाट ५० मिटर तल खसेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Skip This
Skip This
Logo