‘स्वस्थ भविष्यको लागि सुरक्षित खाना’ भन्ने नाराका साथ आज ४१औँ विश्व खाद्य दिवस मनाइँदै

‘स्वस्थ भविष्यको लागि सुरक्षित खाना’ भन्ने नाराका साथ आज ४१औँ विश्व खाद्य दिवस मनाइँदै

केन्द्रबिन्दु
0
Shares

आज (शनिबार) १६ अक्टोबर अर्थात् विश्व खाद्य दिवस। ‘स्वस्थ भविष्यको लागि सुरक्षित खाना’ भन्ने नाराका साथ शनिबार संसारभर ४१औँ विश्व खाद्य दिवस मनाइँदैछ। खाद्यान्न संकट तथा भोकमरिविरुद्ध लड्ने संयुक्त प्रतिबद्धताका साथ संसारभर विश्व खाद्यान्न दिवस मनाइन्छ। 

संयुक्त राष्ट्र संघको विशिष्टिकृत निकाय खाद्य तथा कृषि संगठनको प्रस्तावलाई राष्ट्र संघले पारित गरेसँगै सन् १९८१ देखि यो दिवस मनाइँदै आइएको हो। 

खाद्य तथा कृषि संगठनको स्थापना दिवसको अवसर पारेर विश्व खाद्य दिवस मनाइन्छ। खाद्य तथा कृषि संगठन १६ अक्टोबर सन् १९४५ मा स्थापना भएको थियो। 

सन् १९५१ को नोभेम्बरमा नेपालले खाद्य तथा कृषि संगठनको सदस्यता पाएको थियो। नेपालले पनि सन् १९८१ मा ‘उब्जनी बढाऔं, सन्तुलित खाना खाऔँ, बढी जोगाऔँ’ भन्ने नाराका साथ पहिलो खाद्य दिवस मनाएको थियो।

नेपाल कृषिप्रधान देश भएर पनि हामी अर्बैं रुपैंयाँ बराबरको धान, चामल, गहुँ, जौ, दलहन जस्ता खाद्यान्नहरू आयात गरिरहेका छौँ। अझ पनि ६० प्रतिशत नेपालीहरू कृषि पेसामा संलग्न भए पनि खाद्यान्नमा आत्मनिर्भर हुन नसक्नुले नेपालको कृषि प्रणाली तथा सरकारको कृषि नीतिलाई गिज्याइरहेको छ।

सन् १९६० को दशकमा विश्वमा चामल निर्यात गर्ने प्रमुख देशमा नेपाल छैटौँ स्थानमा थियो। तर, अहिले नेपालले अर्बाैं रुपैंयाँको खाद्यान्न आयात गरिरहेको छ। 

जलवायु परिवर्तनले निम्त्याएको खाद्यान्न संकटलाई संसारभर अहिले २१औं शताब्दीको मुख्य चुनौतीको रुपमा हेरिएको छ। जलवायु परिवर्तनकै कारण संसारका धेरैजसो स्थानमा रहेको स्थानीय अन्नबालीसमेत हराउँदै गएको छ।न्युज कारखाना

Skip This
Skip This
Logo