माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज नेपाल र भारतबीच खेल हुँदैछ। नेपाल र भारतबीचको फाइनल खेल मालेस्थित राष्ट्रिय रङ्गशालामा नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ।
आज दुवै टिम उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रने छन्। त्यसैले चिरपरिचित दुई प्रतिद्वन्द्वीबीचकाे खेल रोमाञ्चक हुने अनुमान गरिएको छ। नेपालले पहिलो पटक दक्षिण एसियाको प्रतिष्ठित प्रतियोगिताको फाइनलमा पुगेर इतिहास बनाएको छ भने अब उपाधि जितेर नयाँ इतिहास बनाउने सुनौलो अवसर पनि पाएको छ।
यस साफ च्याम्पियनसिपमा सुरुवाती दुई खेल माल्दिभ्स र श्रीलंकाविरुद्ध जीत निकालेर शानदार सुरुवात गरेको नेपाल लिग चरणमा भारतसँग १-० गोल अन्तरले पराजित भएको थियो।
त्यस्तै लिगको अन्तिम खेलमा बंगलादेशविरुद्ध १-१ को बराबरी खेलेपछि साफ च्याम्पियनसिपको २८ वर्ष लामो इतिहासमा पहिलो पटक फाइनल पुगेको हो।































प्रतिक्रिया