किलियान एम्बाप्पेको ८६ औँ मिनेटमा पेनाल्टीबाट गोल गरेपछि पेरिस सेन्ट जर्मेनले एंगर्सलाई २–१ गोलले हराएको छ । एंगर्सका खेलाडीले ह्यान्डबल गरेपछि पाएको पेनाल्टीलाई एम्बाप्पेले सजिलै गोलमा परिणत गरेका थिए ।
स्टार खेलाडीहरू लियोनेल मेस्सी, एन्जेल डि मारिया, लियनार्डो पारेडेस, नेयमार र मार्किन्होसबिना नै मैदानमा उत्रेको पीएजसीले पहिलो हाफमा विपक्षीको पोष्टमा एउटा पनि प्रहार गर्न सकेन । खेलको ३६ औँ मिनेटमा एन्जेलो फुल्गिनीले गोल गरेपछि पीएसजीले एक गोलले पछि परेको थियो ।
दोस्रो हाफमा भने डानिलो पेरेराले हेडरमार्फत गोल गर्दै पीएसजीका लागि बराबरी गोल फर्काएका थिए । खेलको अन्त्यतिर भिडियो एसिस्टेन्ट रेफ्रीले सम्भावित ह्याण्डबलका लागि सङ्केत गरेका थिए । रेफ्रीले भिडियो रिभ्यूको मद्दतले पीएसजीलाई पेनाल्टी प्रदान गरे, जसलाई एम्बाप्पेले सहजै गोलमा परिणत गरे ।
खेलपछि २७ अंकका साथ पीएसजी लिगको शीर्ष स्थानमा रहेको छ ।





























प्रतिक्रिया