ढोरपाटनमा पहिलो यामको शिकार पर्यटन सुरु, नाउर र झारलको शिकार हुने

ढोरपाटनमा पहिलो यामको शिकार पर्यटन सुरु, नाउर र झारलको शिकार हुने

केन्द्रबिन्दु
0
Shares

नेपालको एक मात्र वैधानिक शिकार क्षेत्र ढोरपाटन शिकार आरक्षमा यस साता नाउर र पाँचवटा झारलको शिकार हुने भएको छ। 

जंगली जनावर नाउर र झारल सिकार गर्न विदेशका व्यवसायिक शिकारी ढोरपाटन आउन थालेका हुन्। शिकारीको लागि आवश्यक बन्दोबस्ती र मार्ग निर्देशनको लागि ढोरपाटन सिकार आरक्ष कार्यालय आफ्ना कर्मचारी र शिकारीका भरियासम्बन्धित ब्लकमा खटाएको हो। 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस वर्षको पहिलो शिकार यामको लागि सात नाउर र पाँच वटा झारलको शिकार अनुमति दिएको छ। २  कात्तिकदेखि मंसिरसम्म शिकार पर्यटन जारी रहनेछ ।

ढोरपाटन शिकार आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार पहिलो याममा नेपाल ट्राभल एक्पिडिसन, हिमालयन सफारिज, हिमालयन वाइल्ड लाइफ फिटर र ट्याक एण्ड ट्रेल्स कम्पनीमार्फत फेन्च, युक्रेन, मेक्सिकन र रुसी सिकारको लागि आउनेछन्। 

पहिलोयाममा सेड, फागुने, घुस्तुङ, दोगाडी र सुनदह ब्लकमा शिकार हुनेछ। ढोरपाटन क्षेत्रमा बर्षेनी (असोज–मंसिर) पहिलो याम र (फागुन–वैशाख) मा दोस्रो याम गरी दुई चरणमा शिकार हुँदै आएको प्रमुख संरक्षण अधिकृत कँडेलले बताए। पेशेवर विदेशी सिकार कम्पनीका प्रतिनिधिसहितको टोली लिएर हेलिकप्टरमार्फत शिकार खेल्न आरक्षमा पुग्छन्।

गत वर्षको दुई सिजनमा १८ नाउर र नौ झारलको शिकार भएको थियो। आरक्षको फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ, सुर्तिबाङ र सुनदह गरी ७ ‘ब्लक’ मा शिकार खेल्ने गरिएको थियो । 

खर्चिला र साहसी शिकारीले विकटमा रहेका ‘ब्लक’ मा शिकार खेल्न रुची राख्छन्।शिकारीसहितको टोलीले १५ दिन जंगलमै समय बिताउँछन्। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक शिकार याममा विद्युतीय बोलपत्र आह्वान गरेर शिकारको कोटा र राजश्व दर निर्धारण गर्छ।

शाहसिक यात्रा र रोमाञ्चक शिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ। नाउर झारलको मूल्य, ब्लव रिजर्भ, लाइसेन्स, हेलिकप्टर सबै बन्दोबस्तीको सामग्री तयार गर्दा एक जना शिकारीले करिव २०/२२ लाख रुपैयाँ खर्च गर्ने सिकार पर्यटन व्यवसायी अमृत थापाको भनाइ छ।न्युज कारखाना

Skip This
Skip This
Logo