वर्षाका कारण घर भत्किँदा कालिकोटमा एक जनाको मृत्यु

वर्षाका कारण घर भत्किँदा कालिकोटमा एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

सुर्खेतमा दुई दिनदेखि लगातारको वर्षाका कारण घर भत्किँदा एक किशोरीको मृत्यु भएको छ। 

जिल्लाको कालिकोट महावै गाउँपालिका–७ राम्निस्थित विष्णुलाल अधिकारीको घर भत्किँदा  घरमा सुतिरहेकी उनकी १८ वर्षीया छोरी स्मृति अधिकारीको मृत्यु भएको हो।

घर भत्किदा १५ वर्षीया ईनिशा अधिकारी घाइते भएकी छन्। वर्षापछि राम्नि गाउँका १५ घर उच्च जोखिम छन्।  

कर्णाली राजमार्ग अवरुद्ध 
वर्षाका कारण पहिरो गएपछि कर्णाली राजमार्ग अबरुद्ध भएको छ। कर्णाली राजमार्गको  कालिकोट शुभकालिका गाउँपालिका–१ को जितेगडामा दुई स्थानमा झरेको पहिरोले राजमार्ग अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। पहिरोका कारण मंगलबार बिहानदेखि सडक अवरुद्ध भएको हो।न्युज कारखाना
 

Skip This
Skip This
Logo