अस्ट्रेलियाका प्रधानमन्त्रीद्वारा कोभिड–१९ खोप पत्ता लागेमा सहकार्य गर्ने प्रतिवद्धता

अस्ट्रेलियाका प्रधानमन्त्रीद्वारा कोभिड–१९ खोप पत्ता लागेमा सहकार्य गर्ने प्रतिवद्धता

केन्द्रबिन्दु
0
Shares

अस्ट्रेलिया ।

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आफ्नो देशले कोभिड–१९ विरुद्धको खोप विकास गरेमा खोप विकासबारे प्राप्त हुने जानकारी अन्य मुलुकसँग बाँड्ने घोषणा गरेका छन् ।

संयुक्त राष्ट्र संघको साधारण सभालाई सम्बोधन गर्दै उनले भने, “अस्ट्रेलियाले कोभिड–१९ खोप परीक्षणमा हुने कुनै पनि खोजलाई बाँड्न प्रतिवद्ध छ ।

प्रधानमन्त्री मोरिसनले भने, “जसले खोप भेट्टाउँछ उसले यसलाई बाँड्नै पर्छ । विश्वव्यापी महामारी अन्त्यको लागि व्यापक साझेदारी नैतिक जिम्मेवारी हो ।”

“अष्ट्रेलियाको धारणा स्पष्ट छ । यदि हामीले कोभिड–१९ विरुद्धको खोप पत्ता लगायौँ भने हामी सहकार्य गर्नेछौ । विश्वव्यापी महामारीलाई अन्त्य गर्न यो वाचा हामी सबैले गर्नु पर्नेछ,” उनले भने ।रासस

Logo