एकै दिन ६ सयले घट्यो सुनको मूल्य, कति छ आज ?

एकै दिन ६ सयले घट्यो सुनको मूल्य, कति छ आज ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

गत हप्ता उतार चढावमै रहेको सुनको मूल्य आज आइतबार ६ सय रुपैयाँले घटेको छ । आज छापावाल सुनको भाउ प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो शुक्रबारको भन्दा ६ यसले कमी हो ।

अघिल्लो हप्ता लगातार ३ दिन घटेको सुनको मूल्य शुक्रबार ८ सयले बढेको थियो । मंगलबार १७ सयले घटेको सुन बुधबार १२ सयले घटेको थियो । विहिबार पनि सुन १२ सयले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन तोलामा ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य पनि आज प्रतितोला १० रुपैयाँले घटेको छ । महासंघका अनुसार चाँदी आज प्रतितोला १,१५० रुपैयाँमा कारोबार भइरहेको छ।

Logo