काठमाडौं ।
नागरिक अगुवाहरुले प्रतिनिधिसभा विघटनविरुद्ध गरेको मार्चपासमा प्रहरीले हस्तक्षेप गरेको छ ।
कमलपोखरी देखि शुरु भई प्रधानमन्त्री निवास बालुवाटार नजिकै पुगेको मार्चपासमा प्रहरीले लाठीचार्ज गर्नुका साथै पानीको फोहोरा प्रहार गरेको हो । नागरिक अगुवाहरुले कमलपोखरीको माटो लगाएर मार्चपास र्याली शुरु गरेका थिए ।
र्याली कमलपोखरीबाट हात्तीसार, नागपोखरी, नक्साल, भाटभटेनीहुँदै बालुवाटारतर्फ बढ्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको हो । लाठीचार्ज र पानीको फोहोराका कारण केही अगुवाहरु घाइते भएको नागरिक अगुवाहरुले बताएका छन् ।































प्रतिक्रिया