नेपालले आज इन्डोनेसियासँग मैत्रीपूर्ण फुटबल खेल्दै

नेपालले आज इन्डोनेसियासँग मैत्रीपूर्ण फुटबल खेल्दै

केन्द्रबिन्दु
0
Shares

नेपाल र इन्डोनेसियाबीचको मैत्रीपूर्ण फुटबल खेल आज हुँदैछ।

नेपाली यू-२३ राष्ट्रिय फुटबल टिम र इन्डोनेसियाको यू-२३ टिमबीच ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा साँझ ५:४५ बजे खेल हुने तालिका छ।

एएफसी यू-२३ एसियन कप छनोटको तयारी स्वरूप नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

छनोटमा नेपाल समूह ‘बी’ मा छ। नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान छन्।

नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्नेछ।

Skip This
Skip This
Logo