लन्डन क्लब चेल्सीले प्रिमियर लिगमा वेस्ट ब्रोमबिच आल्बीयनसँग ३-३ को बराबरी खेलेको छ । पहिलो हाफमा नै ३-० ले पछि परे पनि दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेपछि खेल बराबरीमा सकिएकाे हाे ।
पहिलो हाफकाे सुरुवाती २८ मिनेटमा नै ३-० ले चेल्सी पछि परेको थियो । खेलको चौथो मिनेटमा नै क्यालम रबिन्सनले म्यथिअस परेराको पासलाई सदुपयोग गर्दौ सुरुवाती अग्रता दिलाए । २५ औं मिनेटमा रबिन्सनले नै घरेलु टोलीको अग्रता दोब्बर पारे । थियागो सिल्भाको खुट्टाबाट बल खोस्दै रबिन्सनले वन भर्सेस वनमा सहज गोल गरे । २७ औं मिनेटमा काइल बार्टलीको गोलमा वेस्ट ब्रोम ३-० ले अघि बढ्यो ।
दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै चेल्सीले ५५ औं मिनेटमा मेसन माउन्टले गोल गर्दै चेल्सीलाई खेलमा फर्काए । उनले कप्तान सेजर एज्पिलीक्वेटाको पासमा गोल गरेका थिए । ७० औं मिनेटमा क्यालम हड्सन ओडोइले गोल गरे । उनले काइ हाभर्ट्जसँग वन टु पास खेल्दै पहिलो टचमा गोल गरेका थिए ।
चेल्सीका लागि ट्यामी अब्राहमले अतिरिक्त समयको तेस्रो मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।































प्रतिक्रिया