टी-२० विश्वकप क्रिकेट: भारत र पाकिस्तान, हेड टु हेडमा को अघि ?

टी-२० विश्वकप क्रिकेट: भारत र पाकिस्तान, हेड टु हेडमा को अघि ?

केन्द्रबिन्दु
0
Shares

यूएई र ओमानमा जारी टी-२० विश्वकप क्रिकेटमा आइतबार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ। विश्वकपको सुपर १२ अन्तर्गत आज दुबई इन्टरनेसनल स्टेडियममा यी दुई टिम साँझ ७ः४५ बजे भिड्ने छन्।

समूह २ मा रहेका दक्षिण एसियाका दुई हस्ती पाकिस्तान र भारत आमनेसामने भइरहँदा कसले बाजी मार्ला? भनेर विभिन्न अड्कलबाजी भइरहेका छन्। भारत र पाकिस्तानबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ। दुबै टीम एक-एकपटक च्याम्पियन बनिसकेका छन्। 

राजनीतिक रूपमा पनि चर्चाको शिखरमा रहेका यी दुई देशबीचको खेल पनि चर्चामै रहने गर्दछ। भारत र पाकिस्तानबीचको क्रिकेट भिडन्तलाई एक अर्काको प्रतिष्ठासँग जोडेरसमेत हेरिने गरिएको छ। क्रिकेटमा निकै बलिया दुई हस्तीबीचको खेलले पनि यसपालिको विश्वकप हेर्न लायक रहनेछ। यी दुईबीचको खेल बिरलै देख्न सकिन्छ। 

एक अर्को टिमविरुद्ध खेल नै अस्वीकार गर्ने यी टोली एउटै समूहमा परेपछि समूह चरणका खेलमै धमाका हेर्न पाइनेछ। दुई टीमबीच अन्तिम टी-२० खेल १९ मार्च २०१६ मा सम्पन्न भएको थियो। आईसीसी टी-२० विश्वकपको यो खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको थियो। भारत र पाकिस्तान टोली टी-२० विश्वकपमा पाँच पटकपटक आमने-सामने आएका छन्। यी सबैमा भारतले पाकिस्तानलाई हराइसकेको छ।  

समग्र टी-२० को बारेमा कुरा गर्ने हो भने भारत र पाकिस्तानले आठपटक खेलिसकेका छन्। यसमा भारतले सात र पाकिस्तानले एकपटक जितेको छ। २००८ को मुम्बई आतंकवादी हमलापछि भारतले पाकिस्तानको भ्रमण गरेको छैन।

उही समयमा नियन्त्रणको रेखामा लगातार युद्धविराम उल्लंघन र फेब्रुअरी २०१९ मा पुलवामा हमलापछि यो सम्बन्ध झनै खराब भयो। २००७-०८ सिजन पछि यी दुई टोलीले टेस्ट शृंखलामा सामना गरेका छैनन्।

यद्यपि दुवै टोली आईसीसी टुर्नामेन्टमा एकअर्काविरुद्ध खेलेका छन्। भारत र पाकिस्तानले नाै वर्षदेखि कुनै द्विपक्षीय शृंखला खेलेका छैनन्। दुई टीमबीच अन्तिम टी-२० र वानडे शृंखला डिसेम्बर २०१२ मा भएको थियो।

टी-२० सीरिज १-१ ले बराबरी भयो भने वानडे शृंखला पाकिस्तानले २-१ ले जितेको थियो। २०१७ देखि भारतले पाकिस्तानविरुद्ध केवल पाँच वानडे खेल खेलेको छ। यी सबै खेलहरू आईसीसी टुर्नामेन्टको हिस्सा थिए। यसमा २०१७ मा च्याम्पियन्स ट्रफीमा दुई खेल, २०१८ मा एसिया कपमा दुई खेल र २०१९ विश्वकपमा एक खेल खेलिएको थियो।

टी-२० विश्वकपमा दुई टोलीबीचको भिडन्त

२००७ को टी-२० विश्वकप

१. समूह चरण : भारतले पाकिस्तानलाई हरायो

म्याच अफ दि म्याच : रोबिन उथप्पा

२.फाइनल : भारतले पाकिस्तानलाई पाँच रनले हरायो

म्याच अफ दि म्याच :  इरफान पठान

२०१२ को टी-२० विश्वकप

३.सुपर ८ : भारतले पाकिस्तानलाई ८ विकेटले हरायो

म्याच अफ दि म्याच : विराट कोहली

२०१४ को टी-२० विश्वकप

४. समूह चरण : भारतले पाकिस्तानलाई ७ विकेटले हरायो

म्याच अफ दि म्याच : अमित मिश्रा

२०१६ को टी-२० विश्वकप

५. सुपर १०: भारतले पाकिस्तानलाई ६ विकेटले हरायो

म्याच अफ दि म्याच: विराट कोहली
 
न्युज कारखाना

Skip This
Skip This
Logo