पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै मोटरसाइकल जुलुस

पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै मोटरसाइकल जुलुस

केन्द्रबिन्दु
0
Shares

खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरका निमित्त प्रमुख राजेश कुश्वाहालाई दुव्र्यहार तथा हातपात गरेको आरोपमा पक्राउ परेका कार्यकर्ताको रिहाइको माग गर्दै सिके राउत नेतृत्वको जनमत पार्टीले सोमबार विरोध प्रदर्शन गरेको छ। 

जनमत पार्टीका कार्यकर्ताहरूले सोमवार दिउँसो १ बजे जनकपुरमा मोटरसाइकल जुलुशसहित नगर परिक्रमा गरेका छन्। ‘पक्राउ परेका कार्यकर्तालाई रिहा गर,’ भष्ट्रचारीलाई कारवाही गर’ लगायतका नारा लगाउँदै उनीहरूले प्रर्दशन गरेका छन्। प्रहरीले उक्त घटनामा संलग्न रहेको आरोपमा १७ जनामाथि मुद्दा चलाएको छ।

यसैबीच, पक्राउ परेका कार्यकर्ताको रिहाइको माग गर्दै जनमत पार्टीले चरणबद्ध आन्दोलनको घोषणा पनि गरेको छ। जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सोमबारदेखि १६ कात्तिकसम्म चरणबद्ध आन्दोलनको घोषणा गरिएको छ। 

फाइल तस्बीर

Skip This
Skip This
Logo