तनहुँमा ऋषिङ फर्क अभियानः गाउँ फर्किने नागरिकलाई एक लाख अनुदान दिइने

तनहुँमा ऋषिङ फर्क अभियानः गाउँ फर्किने नागरिकलाई एक लाख अनुदान दिइने

केन्द्रबिन्दु
0
Shares

जिल्लाको ऋषिङ गाउँपालिका कार्यालयले गाउँ फर्क अभियानअन्तर्गत रु एक लाख अनुदान दिने निर्णय गरेको छ। जग्गाविहीन नागरिकलाई गाउँमा फर्किनका लागि आकर्षण गर्ने उद्देश्यले आवास निर्माणका लागि उक्त रकम दिने निर्णय गरेको हो  

गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको अध्यक्षतामा साेमबार बसेको कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो। ऋषिङ फर्क अभियानअन्तर्गत जग्गाविहीन स्थानीयवासीलाई आवास निर्माणका लागि उक्त रकम अनुदान दिन सूचना प्रकाशित गर्ने निर्णय गरेको छ। 

गत असार र साउन महिनामा परेको अविरल वर्षाका कारण बाढीपहिराेका कारण बस्ती स्थानान्तरणमा क्षति भएका परिवारलाई आवश्यकता हेरी आवास निर्माणका लागि रु ६० हजारसम्म अनुदान दिने निर्णय गरेको छ।

उक्त बैठकले विद्यालयका इसिडी सहयोगी कार्यकर्ता र कार्यालय सहयोगीको न्यूनतम तलबमापन गर्ने शिक्षा समितिको प्रस्ताव सर्वसम्मत पारित गर्ने तथा सङ्घीय सरकारले व्यवस्था गरेअनुरुप न्यूनतम तलबमापन गर्ने निर्णय गरेको छ। 

Skip This
Skip This
Logo