मोरङ: नेकपा एस बलियाे रहेका पालिकामा रोकियो एमाले अधिवेशन

मोरङ: नेकपा एस बलियाे रहेका पालिकामा रोकियो एमाले अधिवेशन

केन्द्रबिन्दु
0
Shares

पार्टी विभाजनपछि एमाले कमजोर बनेका पालिकामा अधिवेशन रोकिएको छ। एमालेले बाढीपहिराे प्रभावितबाहेकका सबै पालिकामा आज अधिवेशन हुने बताए पनि मोरङका पाँच वटा पालिकामा तत्कालका लागि अधिवेशन राेकिएकाे हाे।

उर्लाबारी, लेटाङ, सुनवर्षी नगरपालिका तथा धनपालथान र जहदा गाउँपालिकामा आज अधिवेशन हुने छैन। लेटाङ र उर्लाबारीमा नेकपा एकीकृत समाजवादीको पकड छ। अन्य पालिकामासमेत एकीकृत समाजवादीसामु एमाले कमजोर छ।

एमाले कमजाेर रहेका पालिकामा पार्टी प्रवेश गराएर मात्र अधिवेशन गर्ने तयारीमा एमाले माेरङ छ। एमाले मोरङका अध्यक्ष ऋषिकेश पोख्रेलले  तयारी नसकिएकोले अधिवेशन केही समय पछाडि सारिएको दाबी गरे।

उर्लाबारी र लेटाङमा  १२ कात्तिकका लागि अधिवेशन तय भएकाे छ। अन्य पालिकामा मिति तय भइसकेकाे छैन। माेरङमा आज १२ पालिकामा मात्रै एमालेको अधिवेशन हुँदैछ। अधिवेशनमा हुने पालिकामा विराटनगर, रंगेली, रतुवामाई, कानेपोखरी, पथरी शनिश्चरे, मिक्लाजुङ, बेलबारी, सुन्दरहरैचा, केराबारी, ग्रामथान र बुढीगंगा छन्।

Skip This
Skip This
Logo