सहमति नजुटेपछि एमाले पोखराको अधिवेशन स्थगित

सहमति नजुटेपछि एमाले पोखराको अधिवेशन स्थगित

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको पालिका अधिवेशनअन्तर्गत पोखराको अधिवेशन एक दिन स्थगित भएको छ। सर्वसम्मत नेतृत्व चयन गर्नेगरि सुरु भएको अधिवेशनमा धेरैले नेतृत्व दाबी गरेपछि स्थगित भएको हो। 

‘५–६ जना आकांक्षी हुनुभयो। धेरै उम्मेदवार भएपछि अहिले सहमति जुट्ने अवस्था देखिएन,’ एक नेताले भने, ‘रातभरिमा मिलाएर भोलि अधिवेशन सुरु गर्ने भनिएको छ।’

पोखराको नेतृत्वका लागि एमाले सचिव पृथ्वीसुब्बा गुरुङ र नेता खगराज अधिकारीको आफ्नै दाबी छ । नेतृत्वमा हालका अध्यक्ष दीपक पौडेल, नेता तेजनारायण अधिकारी, दिलीप न्यौपाने र व्यवसायीसमेत रहेका सञ्जीवबहादुर कोइरालाले दाबी गरेका छन्। 

पौडेल र अधिकारी गुरुङ निकट मानिन्छन् भने न्यौपाने अधिकारी गुटका हुन्। निर्वाचन प्रक्रिया नै बिहान १० बजेबाट सुरु हुने कास्की अध्यक्ष कृष्ण थापाले जानकारी दिए।

Logo