साताको चाैथाे दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। सुन आज ६ सयले घटेको हो। आइतबार चार सयले बढेको थियो। सोमबार तीन सयले बढेको सुन मंगलबार दुई सयले बढेकाे थियाे।
गत हप्ता आइतबार र मंगलबार सुन बजार बन्द थियो। सोमबार भने सात सयले बढेको थियो। बुधबार एक सयले बढेको थियो। यस्तै सुन बिहीबार तीन सयले बढेको सुन शुक्रबार स्थिर रहेको थियो।
आज छापावाला सुनको प्रतितोला ९२ हजार मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९१ हजार ५०० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यता चाँदीको मूल्य पनि आज घटेकाे छ। चाँदी आज १५ रूपैयाँले घटेर एक हजार २५० रुपैंयाँमा कारोबार भइरहेको छ।































प्रतिक्रिया