कट्रिना भन्छिन्, ‘विवाहको कुनै योजना छैन’

कट्रिना भन्छिन्, ‘विवाहको कुनै योजना छैन’

केन्द्रबिन्दु
0
Shares

बलिउडमा कट्रिना कैफ र विक्की कौशलको बिहेको खबरले ध्यान तानिरहेको छ। केही समय यता प्रेममा रहेको खबरकै बीच यी दुईको विवाहको खबर मिडियामा आएको छ। 

भारतीय सञ्चारमाध्यमले कट्रिना र विक्की चाँडै नै बिहे बन्धनमा बाँधिने तयारी रहेको जनाएका छन्। तर, एक अनलाइनसँग कट्रिनाले कुरा गर्दै यो हल्ला मात्र रहेको जनाएकी छिन्। 

उनले कुरा गर्दै विगत १५ वर्षदेखि आफूले आफ्नो विवाहको खबर सुन्ने गरेको बताइन्। 'मलाई आफैं थाहा छैन कि यो हल्ला किन फैलिरहेको छ,' उनले कुराकानीको क्रममा भनेकी छिन्, 'अहिले नै विवाहको कुनै योजना छैन।' 

यद्यपि भारतीय सञ्चार माध्यमले यी दुईले विवाह गर्ने संकेत गरेको खबर सम्प्रेषण गरिरहेका छन्। गतराति कट्रिना विक्कीसँग सेलिब्रेटी म्यानेजर रेश्मा शेट्टी कहाँ पुगेपछि विवाहको चर्चा बढेको हो।

Skip This
Skip This
Logo