टी-ट्वान्टी विश्वकप क्रिकेट: दोस्रो जीतको खोजीमा अष्ट्रेलिया र श्रीलंका

टी-ट्वान्टी विश्वकप क्रिकेट: दोस्रो जीतको खोजीमा अष्ट्रेलिया र श्रीलंका

केन्द्रबिन्दु
0
Shares

आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा आज एक मात्रै खेल हुँदैछन्। बिहीवार विश्वकप सुपर-१२ अन्तर्गत आज समूह-१ को एकमात्र खेलमा अष्ट्रेलिया र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार दुबईमा बेलुका पौने ८ बजे सुरु हुनेछ।

दुबै टोली सुपर १२ मा लगातार दोस्रो जीतको खोजीमा हुनेछन्। दुबै टोली दोस्रो खेलमा जीत निकाल्दै सेमिफाइनल यात्रा बलियो बनाउने दाउमा हुनेछन्।

श्रीलंकाले पहिलो खेलमा बंगलादेशलाई ५ विकेटले पराजित गरेको थियो। अष्ट्रेलियाले पहिलो खेलमा दक्षिण अफ्रिकालाई ५ विकेटले नै पराजित गरेको थियो। अष्ट्रेलियालाई स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल, मार्कस स्टोइनिस र म्याथ्यु वेडजस्ता खेलाडीको साथ छ।

यता श्रीलंकालाई चरिथ असलंका, भानुका राजपक्षे, ओपनर कुशल परेरा,  पाथुम निसंका,अविष्क फर्नान्डो र वानिन्दु हसरंगाजस्ता खेलाडीको साथ रहनेछ।

अष्ट्रेलिया र श्रीलंकाबीचको हेड टु हेडमा अष्ट्रेलिया बलियो देखिएको छ। पछिल्लो पाँच भेटमा अष्ट्रेलियाले ४ खेल जितेको छ।

Logo