न्यायाधीशहरूकाे आन्दाेलनले सर्वोच्च प्रभावितः आठ इजलासमा पेसी ताेकिए, सुनुवाइ शून्य

न्यायाधीशहरूकाे आन्दाेलनले सर्वोच्च प्रभावितः आठ इजलासमा पेसी ताेकिए, सुनुवाइ शून्य

केन्द्रबिन्दु
0
Shares

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मुद्दाको सुनुवाइका लागि आज आठ वटा इजलासमा पेसी तोके पनि कुनै पनि बेच्न बसेर सुनुवाइ हुन सकेन।           

पेसी तोकिएकोमा प्रधानन्यायाधीश राणा र न्यायाधीश डा. कुमार चुँडालको संयुक्त इजलास तोकिएको थियो। उक्त मुद्दाको सूचीमा ‘हेर्न नभ्याइएको’ भनेर जनाइएको छ भने बाँकी पेसीमा ‘बेच्न बस्न नसकेको’ भनेर जनाइएको छ। आइतबार मध्याह्नदेखि प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायलयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफको माग गर्दै न्यायाधीशले सुनुवाइ गर्न इन्कार गरेका थिए। सोमबारदेखि त मुद्दाको सुनुवाइ पूरै प्रभावित भएको छ।  

गत सोमबार सर्वोच्च अदालतको पूर्ण बैठक बसेर समस्याको समाधान गर्ने भनिए पनि उक्त बैठक बस्न सकेन। प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशको रुपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउँदै न्यायाधीशहरूलाई संविधान र कानून बमोजिम आआफ्नो जिम्मेवारी पूरा गर्न आग्रहसमेत गरेका छन्।

अदालतमा बेन्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन। जसले गर्दा पालोमा टाढा टाढाबाट आएका सेवाग्राहीहरू मर्कामा परेका छन्।     

Logo