पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा पुनरागमन जीत निकालेको छ।
शुक्रबारको खेलमा पीएजजीले साविकको विजेता लिलमाथि १-० ले पछि परेको स्थिति उल्टाउँदै २-१ को पूनरागमन जीत निकालेको हो।
पीएसजीको जीतमा अर्जेन्टिनी मिडफिल्डर एन्जल डि मारियाले एक गोलसँगै एक असिस्ट उपलब्ध गराए। मार्किन्हसले एक गोल गरे।
पहिलो हाफमा पछि परेको पीएसजीले दोस्रो हाफमा दुई गोल गर्दै जीत निकाल्न सफल भएको हो।
खेलको ३१ मिनेटमा लिलका जोनाथन डेभिडले गोल गर्दै भ्रमणमा रहेकाे लिललाई अग्रता दिलाए। दोस्रो हाफमा डि मारियाको पासमा ७४ मिनेटमा मार्किन्हसले बराबरी गोल गरे।
खेल सकिन २ मिनेट अघि नेयमारको पासमा डि मारियाले उत्कृष्ट फिनिसिङ गर्दै टोलीलाई महत्त्वपूर्ण तीन अंक दिलाए। खेलमा स्टार खेलाडी लिओनल मेस्सी र नेयमार गोल बिहिन रहे ।
जीतपछि शीर्ष स्थानमा रहेको पीएसजीको १२ खेलबाट ३१ अंक पुगेको छ। पराजित लिल १५ अंक जोडेर ११औं स्थानमा रहेको छ।





























प्रतिक्रिया