प्रदेश २ मा अझै पनि मन्त्रालयको टुंगो नलाग्दा सरकार विस्तार अन्योलमा

प्रदेश २ मा अझै पनि मन्त्रालयको टुंगो नलाग्दा सरकार विस्तार अन्योलमा

केन्द्रबिन्दु
0
Shares

दसैँ समपन्न भएलगत्तै प्रदेश २ सरकार विस्तार हुने भनिए पनि विस्तार कार्य अझ अन्योलमा परेको छ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई सरकारमा सहभागी गराउन मुख्यमन्त्री लालबाबु राउत गद्दीले विश्वासको मत लिनुभन्दा अघिदेखि नै तयारी गरिरहेका छन् ।

तर, मन्त्रालयको टुंगो नलाग्दा औपचारिक छलफलसमेत हुन सकेको छैन। मुख्यमन्त्री राउतले नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एसलाई सरकारमा ल्याउन ६ मन्त्रालयलाई टुक्राएर १० पुर्‍याएको थियो । आकर्षक मन्त्रालयहरू कांग्रेस र माओवादीले लिइसकेको बाँकी रहेको दुई मन्त्रालय लिन नेकपा एस इच्छुक देखिएको छैन।

जसपाको भागमा रहेको महत्त्वपूर्ण मन्त्रालयमा नेकपा सले दाबी गर्दा सरकार विस्तार लम्बिएको हो । मुख्यमन्त्री राउतले कानुन, न्याय तथा प्रदेशसभा र वाणिज्य आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्दै आएका छन् । यी दुई मन्त्रालय लिएर नेकपा एस सरकारमा सहभागी हुन चाहेको छैन ।

मुख्यमन्त्री राउतलाई विश्वासको मत दिएका नेकपा एस प्रदेशसभामा विपक्षीको लबिमा बस्दै आएको छ ।  सरकारमा सहभागी हुने अनौपचारिक छलफल भए पनि पार्टीको गतिविधिमा व्यस्त हुँदा त्यसलाई मूर्तरूप दिन नसकिएको नेकपा एस संसदीय दलका नेता शत्रुधन महतोले बताए ।

नेकपा सले दुई मन्त्रालय लिएर सरकारमा जानेछु, नेता महतोले भने, ‘मन्त्रालय टुंगो लगाएपछि मात्र सरकारमा जानेबारे औपचारिक छलफल हुन्छ ।’

नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जसपाका नेताहरूबीच सरकार विस्तारबारे छलफल भइसकेको उनले बताए । नेकपा एसबाट संसदीय दलका नेता महतोसहित एक जना महिला सांसदलाई मन्त्री बनाउने तयारी छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जनता समाजवादी पार्टी नेपालले प्रदेशमा पनि गठबन्धनलाई निरन्तरता दिएको छ । गठबन्धनलाई सरकारमा सहभागी गराउन मन्त्रालय थपिँदा प्रदेशमा आर्थिक व्ययभारसमेत थपिएको छ । 

मुख्यमन्त्री राउतले नेकपा एसलाई सरकारमा ल्याउन सामाजिक विकास मन्त्रालयलाई विभाजन गर्ने गृहकार्य थालेका छन् । तर, मन्त्री पद जोगाउन खेमा परिवर्तन गरेर आएका नवल किशोर साह रुष्ट हुने सम्भावना बढेको छ । अहिले प्रदेश सरकारमा जसपाले मुख्यमन्त्रीसहित पाँच मन्त्रालय, कांग्रेस तीन र  माओवादी केन्द्रले एक मन्त्रालयको जिम्मेवारी सम्हालेको छ । न्युज काराखाना 

Skip This
Skip This
Logo