डडेल्धुरामा बस दुर्घटना: १० जना घाइते, दुईको अवस्था गम्भीर

डडेल्धुरामा बस दुर्घटना: १० जना घाइते, दुईको अवस्था गम्भीर

केन्द्रबिन्दु
0
Shares

डडेल्धुरामा बस दुर्घटनामा १० जना घाइते भएका छन्। आलिताल गाउँपालिका-१ स्थित घण्टेश्वर मन्दिर नजिक  ना८ख ६१३२ नम्बरको बस दुर्घटनामा परेको हो। 

बस दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको डडेल्धुरा प्रहरीले जनाएको छ। बस सडकबाट करिब १ सय मिटर तल खसेको हो। बसमा  ३२ जना सवार रहेको र १० जना घाइते भएको डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए।

डीएसपी नेपालका अनुसार  घाइतेलाई उपचारका लागि धनगढी लगिएको छ। दुई जनाको अवस्था गम्भीर छ।

घाइते हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका-६ का ४५ वर्षीया बिर्मा ओड, ५० वर्षीय रम्चि ओड, दोगडाकेदार गाउँपालिका-८ का ३२ वर्षीय मानसिंह कार्की, दोगडाकेदार-६ का ३० वर्षीय देवदत्त जोशी, पुर्चौँडी नगरपालिका-१० का ३० वर्षीय चन्द्रबहादुर विष्ट, दोगडाकेदारकै ३५ वर्षीय प्रकाश विष्ट र केशव दत्त जोशी रहेका प्रहरीले जनाएको छ।

Skip This
Skip This
Logo