कपिलवस्तु प्रहरीको नियन्त्रणमा १० भैँसी

कपिलवस्तु प्रहरीको नियन्त्रणमा १० भैँसी

केन्द्रबिन्दु
0
Shares

कपिलवस्तु प्रहरीले १० वटा भैँसी नियन्त्रणमा लिएको छ । 

कपिलवस्तुको शुद्धोधन गाउँपालिका-३ झरुवाबाट अवैध रूपमा रुपन्देही लैजाँदै गरिएका एक भैँसी, तीन पाडी र ६ राँगा  नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

करिब तीन लाख मूल्यका ती भैँसीको अवैध ओसारपसार भइरहेको सूचनाका आधारमा प्रहरी चौकी लबनीको गस्ती टेलीले नियन्त्रणमा लिएको हो । भैँसी ओसारपसारमा संलग्नहरू भने प्रहरी देखेपछि फरार भएका थिए । भैँसी सुठौली भन्सार कार्यालय कपिलवस्तुमा पठाइएको छ । न्युज कारखाना

Skip This
Skip This
Logo