अल्मुताइरीले खुलाए उनी नेपाल फर्कनुकाे कारण

अल्मुताइरीले खुलाए उनी नेपाल फर्कनुकाे कारण

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अञ्जन विष्ट, आयुष घलान, किरण चेम्जोङ, मनिष डाँगीलगायतका खेलाडी र समर्थकलाई नाईं भन्न नसकेर नेपाल फर्किएको बताएका छन्। 

साफ च्याम्पिनसिपका दौरान नेपाल नफर्किने घोषणा गरेका अल्मुताइरीले दशरथ रंगशालामा आज आयोजित पत्रकार सम्मेलनमा भने, ‘मैले अञ्जन, आयुष, मनिषसँगै मेरो टीमका सदस्यहरू किरण (श्रेष्ठ), विकास (मल्ल)सँगै नेपाली समर्थकले मलाई दिएको मायाले गर्दा नाईं भन्न नसकेर नेपाल फर्किएँ।’ अल्मुताइरी र अखिल नेपाल फुटबल संघबीच आजै औपचारिक रुपमा सम्झौता पनि भएको छ। 

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी एन्फासँग तीन वर्षको सम्झौता गरेसँगै गत शनिबार नेपाल आइपुगेका हुन्। १० कात्तिक (बुधबार) प्रशिक्षक अल्मुताइरीले सामाजिक सञ्जालमार्फत अखिल नेपाल फुटबल संघ (एन्फा), एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल संघलाई ‘मेन्सन’ गर्दै सम्झौता नवीकरण गरेको जनाएका थिए।

अल्मुताइरीको प्रशिक्षणमा नेपाल साफ फाइनलमा भारतसँग पराजित हुँदै उपविजेतामा सिमित भएको थियो। फाइनल अघिनै राजीनामा दिएका अल्मुताइरी नेपाल नफर्की कतारमै रहेका थिए।

Logo