नबिल बैंकद्वारा ३८ प्रतिशत लाभांश घोषणा

नबिल बैंकद्वारा ३८ प्रतिशत लाभांश घोषणा

केन्द्रबिन्दु
0
Shares

नबिल बैंकले ३८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको मुनाफाबाट शेयर धनीलाई ३३ दशमलव  ६ प्रतिशत बोनस सेयर र करसहित ४ दशमलव ४ प्रतिशत नगद लाभांश गरी कुल ३८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । 

बैंकले घोषणा गरेको सो लाभांश चार वर्ष यताकै उच्च हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७६र०७७ बाट बैंकले ३५ दशमलव २६ प्रतिशत लाभांश दिएको थियो । उक्त प्रस्तािवत लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाबाट पारित भएपछि मात्रै शेयर धनीले पाउनेछन् । 

Skip This
Skip This
Logo