भूमिहीन र सुकुम्बासीको समस्या समाधान हुन्छ: भूमिसुधार मन्त्री श्रेष्ठ

भूमिहीन र सुकुम्बासीको समस्या समाधान हुन्छ: भूमिसुधार मन्त्री श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

भूमिसुधार तथा सहकारीमन्त्री शशी श्रेष्ठले दलित, भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थित बनाई छिट्टै लालपुर्जा वितरण गर्ने बताएकी छन्।

महोत्तरीको रामगोपालपुरमा गाउँ, ब्लक तथा एलानी जग्गाको उपभोगकर्तालाई लालपुर्जा वितरण गर्न आएकी मन्त्री श्रेष्ठले बोल्ने भन्दा पनि काम गरेर देखाउने दाबी गरिन्।

किसानहरूको समस्यालाई मुख्य प्राथमिकतामा राखेको बताउँदै मन्त्री श्रेष्ठले भनिन्,`ढिलासुस्ती तथा कानुनको अभावमा काम नगर्ने प्रवृत्तिको अन्त्य गर्दै नयाँ ढंगबाट अगाडि बढ्ने मेरो अठोट हो।´ 

फास्ट ट्र्याकबाट काम भइरहेको जिकिर गर्दै उनले अघिल्लो भूमि आयोगले गरेका राम्रा कामको स्वामित्व लिने पनि बताइन्। उनले राष्ट्र र जनताका पक्षमा जसले राम्रो काम गरेको भए पनि सधैं धन्यवादको पात्र बन्ने र केही बाधा, अड्चन र चुनौती भए त्यसलाई समाधान गर्नेतर्फ उन्मुख भएको मन्त्री श्रेष्ठकाे भनाइ  थियाे।

Skip This
Skip This
Logo